नियम २५
लोक सेवा आयोगबाट निर्धारित कार्यविधि नपु¥याई नियुक्ति गर्न नहुने
(१) लोक सेवा आयोगबाट प्रत्यायोजित अधिकार बमोजिम
नियुक्त हुने पदमा नियुक्त गर्दा नियुक्ति गर्ने अधिकारीले त्यस्तो पदको सम्बन्धमा विज्ञापन गरी लोक सेवा आयोगबाट निर्धारित प्रक्रिया र शर्तको पालन गरिकन मात्र नियुक्त गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम नियुक्त हुने पदमा निर्धारित प्रक्रिया र शर्तको पालना नगरी नियुक्ति गरेको देखिएमा
………………. लोक सेवा आयोगबाट अनियमित नियुक्ति भएको भनी लेखी आएमा त्यस्तो व्यक्तिलाई एक महिनाभित्र सो पदबाट
हटाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम नियुक्त गर्दा निर्धारित प्रक्रिया र शर्तको पालन नगरी नियुक्त गरेमा त्यसरी नियुक्ति गर्ने
अधिकारीलाई विभागीय सजाय गर्नु पर्नेछ ।